सिन्धुली , ६ बैशाख ।

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३७ हजार ५४ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या १२ हजार ८ सय २२ छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ७ लाख १ हजार ४ सय ७५ छ भने निको हुनेको संख्या ५९ हजार ४ सय ५२ छ ।

चार साताको अवधिमा अमेरिकामा २ करोड १० लाख जनाको जागिर गुमेको छ । अमेरिकामा बेरोजगारीको आँकडामा यो नयाँ रेकर्ड हो ।

त्यसैगरी , यो समाचार संप्रेषण गरेको अवधीसम्म विश्वभरी कुल संक्रमित २२ लाख ४३ हजार ५ सय १२ पुगेको छ ।