सिन्धुली , ५ बैशाख ।

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा ३३ हजार २ सय ६८ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै मृतकको संख्या ११ हजार ४ सय ७७ छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ७१ हजार १ सय ५१ पुगिसकेको छ ।

चार साताको अवधिमा अमेरिकामा २ करोड १० लाख जनाको जागिर गुमेको छ । अमेरिकामा बेरोजगारीको आँकडामा यो नयाँ रेकर्ड हो ।