चितवन , ३ बैशाख ।

चितवनको रत्ननगरमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट ( आरडीटी ) परीक्षण गर्दा एक जनामा पोजेटिभ देखिएको छ । बुधबार रत्ननगर नगरपालिकाका ३९ जनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ४७ वर्षका पुरुषमा पोजेटिभ नतिजा देखिएको हो ।

हाल उनलाई रत्ननगरकै गुञ्जमान सिंह अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए । रत्ननगर नगरपालिकाका उनी ३२ दिनअघि दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी भरतपुर कोरोना प्रयोगशालामा पठाइएको छ ।