सिन्धुली , ३ बैशाख ।

र्यापिड डायग्नोष्टिक टेष्ट ( आरडीटी ) किटबाट गरिएको कोभिङ–१९ परीक्षणमा पोखराकी ५५ वर्षीया महिलाको रिपोर्ट पोजिटिभ देखिएको छ ।

पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो। दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भएको/नभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।

पोखरा–१२ का अध्यक्ष रामबहादुर कार्कीका अनुसार ती महिला आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन्। उनी दुबईमा रहेका छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी थिइन्।