सिन्धुली , १ बैशाख ।

यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नव बर्ष २०७७ को सुरुवातमै एक महिलामा कोरोना भाइरसको संक्रमण  पुष्टि भएको हो । कैलाली जिल्लाको ६५ बर्षे महिलामा कोरोना भाइरसको संक्रमण  पुष्टि भएको हो ।

उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । उनीसहित १७ जना चैत ९ मा मात्र कैलालीको लम्की पुगेका थिए । स्थानीय जनप्रतिनिधिले सबैलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । ” हामी नेपालबाटै आएका हौं, घरमै बस्छौं भनेका थिए । हामीले हुँदैन भनेर क्वारेन्टाइनमा राखेका थियौं,” लम्किचुहाका मेयर महादेव बजगाईंले भनेका छन् ।

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । उनी पनि भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् । तर पीसीआर बिधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

अब उनीहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।