सिन्धुली , १ बैशाख ।

कैलालीको लम्की चुहामा ६५ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । उनी १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।