सिन्धुली , २७ चैत ।

कोरोना भाईरस (कोभिड १९ ) को विश्वभर संक्रमित संख्या १५ लाख १४ हजार आठ सय ६६ पुगेको  र  ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय ४४ पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

उपचारपछि ३ लाख २९ हजार चार सय ९२ जना निको भएका छन् । इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ र संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ ।

यसैगरी स्पेनमा मृत्यु हुनेको संख्या १४ हजार सात सय ९२ पुगेको छ र संक्रमित संख्या एक लाख ४८ हजार दुई सय २० पुगेको छ । स्पेनमा बुधबार सात सय ५७ जनाको मृत्यु भएको थियो भने मंगलबार सात सय ४३ जनाको मृत्यु भएको थियो ।