काठमाण्डौ , २६ चैत ।

मंगलबार अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन एक हजार सात सय ३६ जनाको मृत्यु भएको बीबीसी ले जनाएको छ । यससँगै अमेरिकामा यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि १२ हजार सात सय २२ पुगेको छ ।

BBC News mentioning the highest no. of death per day in World due to Covid-19

हालसम्म अमेरिकामा तिन लाख अन्ठानब्बे हजार आठ सय ९ मानिसमा कोरोना भाईरसको संक्रमण देखिएको छ र मृत्यु हुनेको संख्या बाह्र हजार आठ सय ९५ पुगेको छ । यस बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मृतकको संख्या अब बिस्तारै घट्न सक्ने बताएका छन् ।

यसअघि ४ अप्रिलमा सबैभन्दा बढी एक हजार तीन सय ४४ जनाको मृत्यु भएको थियो । मंगलबार घोषणा गरिएको मृत्युको संख्यामा अझै केही राज्यको तथ्यांक समावेश हुन बाँकी रहेको बताइएको छ ।