काठमाण्डौ , २५ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई अबको केही बेरमै सम्बोधन गर्ने भएका छन् । ११ बजे प्रधानमन्त्री ओलीले बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारे जानकारी दिनेछन्  । यसका साथै उनले आम नेपालीलाई नआत्तिन र लकडाउनको पूर्णपालना गर्न आग्रह गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्नेछ ।