काठमाण्डौ , २५ चैत ।

राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै नेपाल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको  दोस्रो चरणमा प्रवेश गरेकाले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।

विदेशबाट आएकाले क्वारेन्टाइनमा नबसेकाले थप चिन्ता थपिएको छ। तत्काल क्वारेन्टाइनमा जानुस्। तपाईंका कारण परिवार, समुदाय र मुलुक नै जोखिममा पर्ने भएको छ,’ उनले भने।