काठमाण्डौ , २४ चैत ।

आज बसेको मन्त्रीपरिषद बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी (सीईओ) महाप्रसाद अधिकारीलाई राष्ट्र बैकंको नयाँ गभर्नरमा नियुक्त गरेको छ ।

अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए। भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप निर्देशक बनेका थिए। वर्तमान अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए। डेपुटीबाट अवकाश पाएका उनी केही समयमै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।