काठमाण्डौ , २४ चैत ।

नेपालमा दुई हप्तादेखि चलिरहेको लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले चैत ११ देखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा पुन: एक हप्ता लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यस अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।