काठमाण्डौ , २२ चैत ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तीन जना नयाँ संक्रमित भेटिएको घोषणा गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ ।

कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरेको हो जसमा दुईजना भारतबाट आएका थिए भने एक स्थानिय हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेज