बुटवल , १ चैत ।

सरकारले जारी गरेको लकडाउनलाई उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिँडेका दुई जना बुटवलमा पक्राउ परेका छन् ।

बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई प्रहरीले चौरहा राजमार्ग बाट नियन्त्रणमा लिएको हो ।

लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।