काठमाण्डौ , ११ चैत ।

कोरोना लक डाउनको पहिलो दिन मंगलबारमा दिउँसोको राजधानी शान्त देखिएको छ । उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सहरहरु एक हत्ताका लागि बन्द गरिएका छन् ।

कोरोना सङ्क्रम हुन नदिन देशलाई नै लक डाउन गरिएको अहिले सडकमा मानिसहरु छैनन् । तर केही फाट्टफुट्ट मोटरसाइकलहरु चलेको देखिन्छ । अहिले मोटरसाइकल चालकहरुलाई प्रहरीले सम्झाएर घर पठाउने गरिरहेका छन् । काठमाडौंको न्यूरोड, असन लगायतका बजारहरु पूर्ण रुपमा बन्द छन् । उपत्यकामा तरकारीको आपूर्ति हुने प्रमुख बजार कालिमाटी फलफूल तथा तरकारी बजार पनि बन्द छ ।

सामाजिक सम्पर्कलाई रोकी कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सकिने विश्व स्वास्थ्य संगठनको सुझाव भएपछि विश्वका धेरै मुलुकहरुले लक डाउनको नीति अप्नायका छन् । उक्त नीतिलाई नेपाल सरकारले पनि अबलम्बन गरेको छ । मगंलबार बिहानैदेखि सडकहरुमा अत्यावश्यक सेवाका साधनहरु मात्रै सञ्चालन भएको देखिन्छ । सडकका चोकचोकमा प्रहरी परिचालन गरिएको छ ।

सरकारले दिएको आदेशलाई नागरिकले पालना गरेको देखिन्छ । मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको हो ।