चितवन , ११ चैत ।

भरतपुरमा रहेकाे कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारी जानकारी दिएका छन् ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।