२७ पुस, काठमाडौं ।

प्रदेश ३ ले आज आफ्नो स्थायी राजधानी पाएकाे छ । लामो समयलाई चिर्दै प्रदेश ३ प्रदेशसभाले यो प्रस्तावलाई प्रक्रियामा लगेपछि आइतबार स्थायी राजधानी मकवानपुरको हेटौंडाले १०५ मतमा ल्याइ प्रदेश राजधानी टुंगो लगाएकाे छ ।

प्रदेश नं. ३ प्रदेशसभा सचिवालयले आइतबार बिहान संसद् बैठकले मतदानमार्फत स्थायी राजधानी टुंगो लगाएकाे  छ ।

शनिबार बसेको बैठकमा स्थायी राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको थियाे । सत्तारूढ नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायतका दलले हेटौंडा तथा विवेकशील पार्टी र स्वतन्त्र सांसद् प्रेमबहादुर तामाङले धुलिखेल प्रस्ताव गरेका थिए ।