काठमाण्डौ , २७ पुस ।

चावहिल–भक्तपुर रुटमा चल्ने गाडीका सहचालकदेखी चढ्ने यात्रुहरु रुष्ठ भएका छन् । दिनहुँ यात्रुहरुले गुनासो गरीरहेको छ ।
गाडीका सहचालक हरेक स्टपमा १०,५ मिनेट अनावश्यक रुपमा गाडी रोक्ने प्रविती बढदै गएका छन् ।

गुनासो गर्ने एक यात्रुले भने “ यी खलासीहरुको केही काम नै छैन , बेकारमा गाडी रोक्यो अरु गाठीको समयलाई पनि प्रभाव पार्छ ।” यसका साथै अर्का महिला यात्रुले भनिन् “ यीनीहरुलाई राम्रो ज्ञान दिनुपर्ने भएको छ , काम न काज गाडी रोक्यो । को कहाँ पुग्नुपर्छ केही मतलब छैन् । गाडीलाई अटान न अटाउ गरी यात्रु हालेको छ , सबैलाई समस्या दिएका छन् । ”

यात्रुहरु जतिसुकै रुष्ठ भयपनि यात्रा गर्नुपर्ने भएकाले जे जस्तो छ त्यसैमा खुसी हुनुपर्ने एक यात्रुले बताए । यसरी सहाचालकमा आलोचना आईरहदाँपनि चालकले केहीपनि नगरेको यात्रुहरुको भनाई छ ।

सहचालको यस्तो आलोचना आईरहदाँ यातायात व्यवस्था समितिले केही पनि गरेको छैन । यसैगरी चालकपनि सहचालको समर्थक गरिरहेका छन् ।