काठमाडौं , २५ पुस

नेकपा संसदीय दल प्रदेश ३ को शुक्रबार ११ बजे बसेको बैठक सकिएको छ । बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्देशन दिएकाे छ ।

नेकपा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकटेलका अनुसार बैठकमा सर्बसम्मत निर्णय हुने स्थिती नबनेपछि दलल् प्रदेश सभामा राजधानी हेटौटा र प्रदेशको नाम बागमती दर्ता गरेर सोही दर्ताको पक्षमा मतदान गर्न आफ्ना संसदलाई ह्यीप जारी गर्ने निर्णय गरेको जानकारी दिए ।