काठमाण्डौ , २३ पुस ।

२०७२ सालको विनाशकारी भुकम्प गएपश्चात काठमाण्डौ उपत्यकामा ४ बर्ष पछी भवन निमार्ण सञ्चालनमा आएको छ । अहिले ९ बटा पुरातात्विक भवनहरुको निमार्ण भईरहेको छ ।

सहरी विकास तथा भवन निमार्ण विभाग , बबरमहल , काठमाण्डौले भवन निमार्णको कार्यलाई सञ्चालनमा ल्याउन अनेकौँ प्रयास गरे पश्चात यहि आर्थिक बर्ष ७६।७७ को सुरु देखिनै पुननिमार्णको कार्य गर्न निर्देशन दिएको छ ।

गत आर्थिक बर्ष ७५।७६ मा पुननिमार्णको काम धेरै नै कम भएको तथ्याङक कयौँ पत्रिकाहरुले प्रशारण गरेको थियो । तर यस बर्षको सुरुवातमै ३ प्रमुख विभागहरु प्रयोजन आएको केन्द्रिय आयोजना कार्यन्वयन एकाईका ई. प्रदिप खनालले बताए । उनका अनुसार त्रिपुरेश्वरमा रहेको भन्सार विभाग र उधोग विभाग यहि श्रावण १ गते देखी सञ्चालनमा आएको र त्रि.वि. भन्सार कार्यलय श्रावण महिनामै सञ्चालनमा आएका छन् । यसका साथै सहरी विकास तथा भवन निमार्णमा रहेको र त्रिपुरेश्वरमा रहेको पशु अस्पताल विभाग सञ्चालनमा आउने क्रममा रहेको छ । निमार्णको प्रकृयामा रहेको ५ सरकारी भवनहरु : प्रभानमन्त्री निवास , बालुवाटारको कुल खर्च २९ करोड र निमार्ण अवधी २ बर्ष , संधिय संमसद भवन , सिंहदरबारको कुल बजेट ५ अर्ब र निमार्ण अवधी ३ बर्ष , मन्त्री निवास , भैँसेपाटीको कुल बजेट ९१ करोड र निमार्ण अवधि २ बर्ष , प्रदेश प्रमुख र मुख्यमन्त्री सम्पर्क कार्यलय र निवासको कुल बजेट ६४ करोड र निमार्ण अवधि २ बर्ष र ३००० क्षमताको सम्मेलन केन्द्र , गोदावरीको कुल बजेट ५८ करोड र निमार्ण अवधि ५ महिना रहेको केन्द्रिय आयोजना कार्यन्वयन एकाईका सि.डि.ऐ. प्रकिर्ण तुलाधरले बताए । उनका अनुसार प्रधानमन्त्री निवासको कन्ट्रयाक Contech Pvt. Ltd. ले , संघिय संसद भवनलाई Tundi JSEC J/V ले , मन्त्री निवासलाई SICRO Hanuman J/V ले , प्रदेश प्रमुख र मुख्यमन्त्री सम्पर्क कार्यलय र निवासलाई के.सी समानान्तर J/V ले , र ३००० क्षमताको सम्मेलन केन्द्र केसी समानान्तर J/V ले सोही समयमा निमार्ण गर्ने बाचा दिएका छन् ।

सरकारी भवनका साथै राणाकालिन भवनहरुको पनि निमार्ण भईरहेको छ । राणाकालिन समयका ४ प्रमुख भवनहरू : बबरमहल , केशर महल , बाल मन्दिर र सिंहदरबार निमार्ण भईरहेको छ । GC Ashish समानन्तर J/V ले कन्ट्रयाक पाएको बबरमहलको निमार्ण ८६ करोडका साथ २ बर्षमा सकिनेछ । यसका साथै JIETC र खानी J/V ले निमार्ण गरिरहेको केशर महल ५२ करोड बजेटका साथ २ बर्षमा , बाल मन्दिर भवन ८९ करोडको बजेटमा Lumbini and Rabina J/V ले २ बर्षमा र Sarmad New Technical and Gauri Parbati J/V ले सिंहदरबारलाई ५४ करोड बजेकका साथ २ बर्षमा सक्काउने अठोट गरेका छन् । Engineering Block का ई. कुशल पौड्येलले जानकारी दिए । यसका साथै राष्ट्र बैङ्कको थापाथली र बालुवाटार शाखाको निमार्ण भईरहेको उनले बताए । थापाथली शाखाको निमार्ण Bilil Contech J/V र बालुवाटार शाखाको निमार्ण सिको समानन्तर J/V ले गरिरहेका छन् ।

विनाशकारी भुकम्प गए पश्चात नेपालको ३४ जिल्लाको कुल ८५ % निजि आवासको पुननिमार्ण भइसकेको छ । बाँकी रहेको १५ % निजि निवास काठमाण्डौ वासीहरुको रहेको पौड्येलले बताए । उनले भने “काठमाण्डौ बासीहरु आर्थिक रुपले सम्पन्न रहेको र उनीहरुसँग बैकल्पिक घर भएकाले केही गुनासो गरेनन् ।”