२ पुस, सल्यान

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका जिल्ला नेता पदमबहादुर केसी पक्राउ परेका छन् ।

जिल्लाबाट खटिएको सुरक्षा टोलीले मंगलबार दार्मा गाउँपालिका-५, भगेँरी खोलाबाट जिल्ला समिति सदस्य पदमबहादुर केसीलाई पक्राउ गरेको हो ।

उनको साथबाट बम बनाउन प्रयोग हुने सागम्री पनि बरामद भएका छन् ।

एक प्रहरी अधिकारीका अनुसार नं. ६ डेटोनेटर ५ वटा, नं. ३३ इलेक्ट्रिक डेटोनेटर दुई वटा, सेफ्टी फ्युज एक मिटर, सल्फ्युरिक एसिड (सोडा गन्धक) ३ सय ग्राम, आईईडीमा प्रयोग हुने छर्रा दुई केजी, भोल्टमिटर दुई वटा र ३०३ राइफलको एक राउण्ड गोली पनि बरामद भएको छ ।