काठमाण्डौ , ३० मंसिर ।

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले आयोजना गरेको विचार गोष्ठी सम्पन्न भएको छ । यस गोष्ठी पूर्व राजा महेन्द्रको सम्झनामा गरिएको छ ।

नेपालका एक महान विभुती , राजा महेन्द्रको पुष १ गते जन्म जयन्ती रहेको छ । उक्त जन्म जयन्तीलाई नेपालका कयौँ व्यक्तीहरुले कालो दिन पनि भन्ने गर्दछन् किनभने उनले २०१७ सालमा नेपालबाट प्रजातन्त्र हटाएका थिए ।

उक्त विचार गोष्ठीमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजकले सुनौलो महेन्द्र भनेर नाम दिएका छन् । उनका अनुसार “नेपाललाई विखण्डनको बाटोमा केही दलाल र झोलेहरुले अगाडी बढाएका छन्।”