२४ मंसिर, काठमाडौं ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ ।
मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो ।
उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ । यतिसम्म कि प्रहरीले एक जनालाई घेरा हालेर कुटेको थियो ।
कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार सुमन चापागाईंलाई प्रहरीले दुर्व्यवहार गरेको हो ।
Like this:
Like Loading...