१६ मंसिर, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद साग को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ वटा जित्यो ।

नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलायो । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ । यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।

सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २-२ स्वर्ण जितेका छन् ।