१३ मंसिर, काठमाडौं ।

मंसिर १ गते राति कब्जामा लिइएको डिजेल ट्याङ्करको अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । नेपाल आयल निगम प्रदेश १ का प्राविधिक र प्रहरीको संयुक्त टोलीले गरेको प्रारम्भिक अनुसन्धानमा कब्जामा लिएको ट्याङ्करले पम्पमा तेल खन्याएको खुलेको छ ।

ट्याङ्करका चालक र सहचालकसहित थप एक जनालाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवले बताए ।

‘तेल खन्याएको देखिए पनि पुष्ट्याइँको वैज्ञानिक विधि जीपीआरएस ट्र्याकिङ र टावरअनुसारको बिस्तृत फोन लोकेसनको नतिजा कुरेका छौं,’ प्रवक्ता यादवले भने ।