२६ कात्तिक, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन ( नेविसंघ )ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । राष्ट्र र राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।

नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा  गरिएकाे विरोध प्रदर्शनमा सहभागीहरूले  सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?, केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो , साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेका थिए ।