२५ कात्तिक, काठमाडौं

भारतीय नक्सामा नेपाली भूमि समेटिएको बिरोधमा प्रदर्शन गरेपछि पक्राउ परेका विप्लव समूहका २० जनामा वसुन्धरा विष्फोटका आरोपित पनि रहेको खुलेको छ ।

प्रहरीले आइतबार माइतीघरमा विद्यार्थीको नाममा आयोजित आन्दोलनमा प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई पनि घुसपैठ गराइएको भन्दै २० जना नेता, कार्यकर्तालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाेम अछामको पञ्चदेवल गाउँपालिका-२ का छत्र कार्की वसुन्धारा विष्फोट प्रकरणका फरार प्रतिवादी भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले हेमन्त मिडिया हाउसलाई बताए ।