२५ कात्तिक, काठमाण्डाै

नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहसका क्रममा अर्का सरकारी साक्षीले पनि पहिलाजस्तै बयान फेरेका छन् ।

२०६४ सालमा आलम संलग्न बम विस्फोटमा घाइते भएको भनी प्रहरीसमक्ष बयान दिएका भारतीय नागरिकले आफू बम विस्फोटमा नभई भान्सामा काम गर्ने क्रममा घाइते भएको भनी सोमबार जिल्ला अदालत रौतहटको इजलासमा निवेदन दिएका छन् ।

शंकर भनिने गौरीशंकर राम चमार , सोमबार आलम पक्षका कानून व्यवसायीसँग अदालतमा उपस्थित भएर आफू सन् २०५८ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको बताएका छन् । उनले बम विस्फोटमा घाइते भएको प्रंमाणस्वरुप भारत सीतामढीको एक अस्पतालको कागज पनि पेश गरेका छन् ।

गौरीशं‌करले आफूलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएर जबर्जस्ती बयान लिएको पनि जिकिर गरेका छन् ।