२२ कात्तिक, काठमाडौं

प्रतिबन्धित लगाएका विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर के.सी पक्राउ परेका छन् ।

के.सीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले के.सी पक्राउ परेको पुष्टि गर्दै उनको साथबाट चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद भएको हेमन्त मिडिया हाउसलाई जानकारी दिएका छन् ।

के.सीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा राखिएको छ । उनीबारे थप अनुसन्धानपछि कारबाही प्रक्रियाबारे टुंगो लाग्ने भक्तपुर प्रहरी प्रमुख प्रधानले बताए ।