२२ कात्तिक, काठमाडौं

बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतले जितेको छ ।

बिहीबार राति राजकोटमा भएको खेलमा भारतले बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ४३ बलमा ६ छक्का र ६ चौका गरी  ८५ रन बनाए ।

स्तै, शिखर धवनले ३१ र श्रेयस ऐयरले अविजित २४ रन बनाए । बलिङतर्फ बंगलादेशका अमिनुल स्लामले दुई विकेट लिए ।