१९ कात्तिक, रौतहट ।

राजपर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा लगाएको आरोपमा पक्राउ परेका मो. अफ्ताव आलमको बयान भएको छ ।

सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको भोलिपल्ट जिल्ला अदालत रौतहटमा बयान सुरु भएको थियो । केही घन्टासम्म चलेको बयानका क्रममा न्यायधीश दीपक ढकालले ९ वटा प्रश्न गरेका थिए । यि हुन्  ती ९ वटा प्रश्नहरू ।

१. तपाईको नाम थर वतन के हो ?

आलम  : मेरो नाम मोहम्मद आफताब आलम हो । मेरो घर राजपुर हो ।

२. वारदात भएको मिति २०६४ चैत्र २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो  ?

आलम  : त्यस बखतको मोबाइल नम्बर मलाई सम्झना छैन ।

३. तपाईंको जन्म मिति कति हो ? अहिले कति वर्षको हुनुभयो ?

आलम  : म २०१९ सालमा जन्मेको हो । अहिले ५७ वर्षको भए ।

४. तपाईको स्थायी ठेगाना के हो ?

आलम  : म राजपुर नगरपालिका ४ मा बस्छु ।

५. तपाईंले कुन विद्यालय कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ ?

आलम  : मैले बिएस्सी सम्मको अध्ययन गरेको छु ।

६. तपाई के काम । पेशा व्यवसाय गर्नु हुन्छ ?

आलम  : मैले २०३६ सालदेखि नै राजनिति गरेको छु । मेरो अन्य पेशा व्यवसाय छैन ।

७. तपाई र तपाईंको अंशबण्डा नभएका परिवार कोको सदस्यका का नाममा के कति चल अचल सम्पत्ति छ ?

आलम  : मेरो १२ जनाको सगोलको परिवार छ । मेरो परिवारजनहरुको समेत नाममा जोडेर २२ बिघा जति जग्गा छ । चल सम्पति खासै छैन ।

८. तपाईको स्वास्थ्य अवस्था के छ ? प्रहरी हिरासतमा कुनै किसिमको याताना दिएको छ कि छैन ?

आलम  : मेरो स्वास्थ्य ठीक छ । म रक्तचापको विरामी हुँ । प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन ।

९. तपाईंले कानून व्यवसायी नियुक्त गर्नु भएको छ कि छैन ? यदि छैन भने तपाईले निःशुल्क रुपमा कानूनी सहयाता पाउन सक्नु हुन्छ भन्ने जानकारी तपाईलाई छ कि छैन ?

आलम  : मैले आफ्नो कानून व्यवसायी नियुक्त गरेको छु । उहाँहरुले नै मेरो मुद्दा लड्नुहुन्छ ।