१८ कात्तिक, काठमाण्डाै

कांग्रेस नेता मोहम्मद अफताव आलमलाई जन्मकैदको मागसहित रौतहट जिल्ला अदालतमा  आज मुद्दा दर्ता हुँदै छ । प्रहरीको अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार दिउँसो आलमविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।

प्रहरीले आलमविरुद्ध आठ सय पेजको अनुसन्धान रिपोर्ट जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिसकेको छ । त्यसमा आलमलाई जन्मकैद वा आजीवन काराबासको सजाए मागदाबी प्रहरीले गरेको छ ।

पहिलो संविधानसभा चुनाव चैत २७ मा रौतहट क्षेत्रनम्बर २ बाट कांग्रेस उम्मेदवार आलमले मतदानस्थल नजिकै बम पड्काएर बुथ कब्जा गर्ने योजना बनाएका थिए ।