१७ कात्तिक, काठमाडौं ।

केही दिनदेखि काठमाडौं उपत्यकासाथै देशका अधिकांश भागकाे मौसम धुम्मिएको छ । मौसम नखुलेकाले धान भित्र्याउने चटारोमा रहेका किसानहरू पानी पर्ने हो कि भनेर चिन्ताले ग्रसित छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम नखुले पनि वर्षा हुने सम्भावना भने तत्काललाई छैन तर, वायुमण्डलको प्रदूषणले अन्तर्राष्ट्रिय उडान भने प्रभावित हुनसक्ने खतरा बढेको छ ।

महाशाखाका मौसमविद् वरूण पौडेल वर्षा हुने नयाँ प्रणाली विकसित नभएकाले डराउनु पर्ने अवस्था नरहेको बताउँछन् ।