१४ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले बताएको छ । ओली बुधबार अस्पताल भर्ना भएका थिए ।

उनको दुई पटक डायलासिस गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीको अवस्था सामान्य रहेको बताएका हुन । यसका साथै आजनै डिस्चार्ज गर्ने तयारी भइरहेकाे छ ।