कार्तिक ७ काठमाडौं।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित र्‍यापर समिर तामाङ (भिटेन) लाई पक्राउ गरेका छन।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जावलाखेलबाट पक्राउ गरेको अपराध महाशाखाक एसएसपी सहकुल थापाले हेमन्त मिडियालाई जानकारी दिए।

भिटेनले नेपाल प्रहरीको असईको ड्रेस लगाएर चुरोट तानेको तस्बिर फेसबुक प्रोफ़ाइलमा हालेका थिए। अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गीत गाएको भन्दै उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

यसअघि अर्का गायक दुर्गेश थापा पनि पक्राउ परेका थिए । उनले तिहारकाे अवसरलाई लक्षित गरी गाएको गीतले समाजमा विकृति ल्याएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।