६ कात्तिक, पोखरा । कास्की क्षेत्र नम्बर २ साझा पार्टीकाे प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारका लागि उपचुनावमा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रजनी केसी लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील रही २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसबेला नै उनले टिकट पाउने अनुमान थियो ।
उनले वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासन पदबाट राजीनामा समेत दिएकी थिइन् ।
Like this:
Like Loading...