५ कात्तिक, काठमाडौं ।

पछिल्लो दश वर्षमा नेपाली र अन्तर्राष्ट्रिय गरी २० हजारभन्दा धेरै ट्रेडमार्क उद्योग विभागमा दर्ता भएका छन् । अघिल्लो वर्ष २४ सय ३१ वटा ट्रेडमार्क दर्ता भएका थिए ।

उघाेग विभागका अनुसार आर्थिक वर्ष ०६५/०६६ सम्म नेपालमा २९ हजार ३३७ वटा ट्रेडमार्क दर्ता थिए । त्यो संख्या अहिले ५० हजार नाघेको छ । ब्यवसायको बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्कको महत्व र विश्वव्यापी प्रचलनबारे चेतना वृद्धिसँगै नेपालमा ट्रेडमार्क दर्ताको क्रम बढेको उद्योग विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्का बताउँछन् ।