५ कात्तिक, काठमाडौं ।

तिहारमा समाजमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रशारण नगर्न सरकारले आग्रह गरेको छ ।

गृह मन्त्रालयले सूचना प्रकाशित गरी तिहारमा हुने देउसी भैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र अपील गरेको छ । साथै नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत बनाई समाजमा  असर पर्ने गीत, संगीत उत्पादन तथा प्रशासन नगर्न आग्रह गरेको छ ।

भुइँचम्पा , पटका जस्ता विस्फोटक पदार्थको विक्रि तथा प्रयोग नगर्न पनि अपील गरेको छ ।

यसो गरेमा कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको गृहले बताएको छ ।