२७ असोज, काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (रा.ज.पा) का सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार साहले जनकपुर विमास्थल स्थित बुद्ध एयरको काउन्टर क्षेत्रमा तोडफोड गरेका हुन् ।

सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको छ । आइतबारदेखिकै हवाई चापका कारण जहाजहरु केही समय ढिला गरि उडिरहेको समेत जनकपुर विमानस्थलका अधिकारीले जानकारी दिए ।

साह सर्लाही क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको उनले स्वीकारे।

उनले भने  ‘ बिहान ११ः३० बजेको बुद्ध एयरको विमान दिउँसो डेढ बजेसम्म पनि नआउँदा वृद्ध बिरामी थरथर काम्न थालेपछि मन थाम्न सकिनँ र काउन्टरमा रहेको टेबलमा दुई , तिन लात्ती हानेको हुँ ’