२४ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भेगमा आगामी ३ दिन बदली तथा वर्षा हुने जनाएको छ ।

महाशाखाका मौसमविदका अनुसार देशको पूर्वी भूभागमा शुक्रबार दिउँसो सामान्य बदली हुने योग रहेको छ । मध्य र पश्चिमी पहाडी भूभागमा पनि बदली हुने र पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार राति पनि पहाडी भेगको मौसम सफा हुने छैन । यसका एक दुई स्थानमा वर्षा हुने योग छ ।