२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा काठमाडौंकाे सुन्दरता झल्किएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सी बस्ने होटलसम्म सडक कालोपत्रे गरिएको छ । सडक पेटीहरु रंगाइएका छन् । सडक छेउमा फूल तथा बिरुवाहरु रोपिएका छन् ।

यसैगरी सडकको दुई छेउमा रहेका बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र सीको फोटो झुण्ड्याइएको छ । ठाउँ-ठाउँमा स्वागतद्वार बनाइएको छ ।

सी २५ गते शनिबार काठमाडौं आउनेछन् । राष्ट्रपतिको तहमा चीनबाट २३ वर्षपछि हुन लागेको भ्रमणलाई स्मरणीय बनाउने सरकारको तयारी छ ।