९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापबाटै संक्रमणकालीन न्यायका काम टुंग्याउनुपर्ने बताएका छन् ।

मानवअधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा देउवाले कानून संशोधन गर्न र द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन अब ढिला गर्न नहुने बताए । ‘द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक छ । तर एकथरीको मात्र कुरा सुनेर हुँदैन । दुबै पक्षको कुरा सुन्नुपर्छ’ उनले भने, ‘माओवादी शान्ति प्रक्रियामा आएको बिर्सिएर हुँदैन ।’