८ असोज, काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय सिस्टम हृयाकिङको विषय चर्चामा रहेकाे छ । चिनियाँ हृयाकरहरुले एटिएम हृयाक गरेर करोडौं रकम निकालेको विषय सेलाउन नपाउदै पुनः कृषि विकास बैंक ह्याक भएको घटना सार्वजनिक भएको छ ।

कृषि विकास बैंकको सिस्टम हृयाक गरेर ठूलो रकम निकालिएको छ । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख रुपैयाँ निकालिएको बुझिएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सिस्टम हृयाक गरेर रकम निकालिएको पुष्टि गरे ।

उनका अनुसार विगतको भन्दा फरक तरिका अपनाएर रकम निकालिएको छ । यसअघि नेपालमा २ किसिमका हृयाक भएका थिए । पहिलो स्वीफ्ट हृयाक गरेर विदेशबाट ठूलो रकम निकिालएको थियो भने एटीएम हृयाक गरेर चिनियाँ हृयाकरहरुले नेपाल र भारतबाट रकम निकालेका थिए ।