असोज १ , काठमाण्डौ

नेपाल दर्शन पार्टीका अध्यक्ष, भुनेश्वर थापाले पत्रकार विज्ञाप्ती जारी गरी इन्द्रजात्रामा विरोध प्रदर्शन गर्दा पक्राउ परेका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायतका अरूको रिहाइ माग नेपाल दर्शन पार्टीले गरेको छ ।

संविधानको रक्षा गर्न बसेको सरकार आफैंले नागरिकको संवैधानिक अधिकार हनन गरेको नेपाल दर्शन पार्टीले आरोप लगाएकाे छ ।

इन्द्रजात्रामा सहभागी हुन आउँदा राष्ट्रपतिलाई कालो झण्डा देखाउन लागेको भन्दै प्रहरीले बसन्तपुर र न्यूरोडबाट विभिन्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो