१ असोज, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र सरकारलाई बघिनीसँग तुलना गरेका छन् । आफ्ना डमरु माथि खतरा नआउञ्जेलसम्म बघिनी चुप लागेर बस्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

लोकतन्त्रमाथि राजावादीहरुबाट खतरा रहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले सरकारलाई बघिनीसँग तुलना गरेका हुन् ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले गणतन्त्रविरोधीहरुको प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान गरिसकेका छन् । तर, प्रधानमन्त्री ओलीले चाहिँ लोकतन्त्रमाथि खतरा नआउँदासम्म चुपै लागेर बस्ने बताएका छन् ।

सिंहदरबार परिसरमा नयाँ संसद भवनको जग शिलान्यास गर्दै बुधबार प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा नआउँदासम्म सरकार बघिनजीजस्तै शान्त रहने बताए ।