२३ भदौ, काठमाडौं ।

राजधानीमा डेंगुको त्रास फैलिएको छ । ६ वर्ष यताकै सबैभन्दा बढी डेंगु रोगका बिरामी भेटिएकोले डर र त्रास राजधानीभरी फैलिएको छ ।

Aedes aegypti mosquitoes

राजधानी बाहिरकेही महिना अघिदेखि नै डेंगुको संक्रमण हुँदापनि सरकारले यसकाे रोकथाम गर्न सकिरहेको छैन ।

आइतबार राजधानीमानै ३६३ जनाको डेंगु परीक्षण गराइएकोमा १९४ जनामा डेंगु रोग फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा , टेकुका सूचना अधिकृत रुपनारायण खतिवडाले बताएका छन् ।

त्यस्तै, शनिबारकाे दिनमात्रै २९६ जनाको परीक्षण गरेकोमा १४४ जनामा डेंगु रोगको संक्रमण फेला परेको थियो ।

बैशाखदेखि साउनसम्म ५२८ जना बिरामीमा डेंगुको परीक्षण गरिएकोमा ८५ जनामा डेंगु फेला परेको खतिवडाले बताए । भदौयता राजधानीमा डेंगुको चाप अविश्वासनीय तरिकाले बढेको उनले बताए ।