२३ भदौ, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि योगेश भट्टराईले ल्याएको कार्ययोजनामा ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने प्रावधानसमेत उल्लेख थियो । मन्त्रीको यो कार्ययोजनालाई निजी विमान कम्पनीहरुले रुचाएका छैनन् ।

पहिलोपटक मन्त्रालयको अनुभव सँगालिरहेका भट्टराईका सामु अर्को चुनौतीको पहाड बनेको छ- निजगढमा बनाउने भनिएको अन्तराष्ट्रिय विमानस्थल ।

यसका अतिरिक्त पशुपति आर्यघाटमा आरती सुरु गर्नुपूर्व राष्ट्रगान गाउनुपर्ने नियमले ल्याएको तरंग लगायतका विषयहरु पनि छँदैछन् । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले विमानस्थलमा ‘ओली जाम’ भएको भन्दै मन्त्री भट्टराईलाई मेन्सन गरेको प्रशंग पनि अर्कोतिर छ ।