२० भदौ, काठमाडौं ।

नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको छ ।

१६० रनको सरल चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । श्रीलंकाको जितमा कामिल मिशराले ५५ , अहान विक्रमासिंहले ३० रन र अविस्का थरिन्दुले अविजित २५ रन बनाए ।

२२ रन जोड्दा पहिलो विकेट गुमाएको श्रीलंकाले ५३ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो । तर लक्ष्य सामान्य र सरल भएका कारण उसले सहज जीत निकाल्यो । नेपालका लागि राशिद खानले दुई विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, पवन सर्राफ र सागर ढकालले समान १।१ विकेट लिए ।

त्यसैगरी नेपालका लागि रित गौतमले ५४, कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए । यी दुई खेलाडीले ९१ रनको साझेदारी गरे । तर रोहित आउट भएसँगै नेपाली पारी धरापमा पर्‍यो ।