जुजारू पत्रकार शालिकराम पुडासैनीको चितवन भरतपुरको बसपार्क स्थित होटलमा शंकास्पद मृत्यु भएको छ । यो दुखद घटनाको बिषयलाई लिएर आज मिशन नेपाल केन्द्रीय कमिटी काठमाडौंको बैठक मिशन नेपालको कार्यालयमा बसेको छ । देशमा अनगिन्ती अपराध भएका छन । देशमा बहुचर्चित हत्याकान्ड भएका छन। आज सम्म राजा बिरेन्द्रको वंशनाश , मदन भन्डारी र जिवराज आश्रितको हत्या, रानीबारी इन्जिनियर दाम्पत्यको हत्या, निर्मला बलात्कार पछिको हत्या र हाल आएर चितवनमा शालिकराम पुडासैनी को हत्या! अन्य स – साना हत्या बलात्कार र जघन्य अपराधको प्रवृति बढेकै छन। यसको दोषी देशका जिम्मेवार नेतृत्व कि प्रहरी प्रशासन ? यो अहम प्रश्न नेपाली जन मानषमा पिडा बनेर बसीरहेको छ । यसमा नेपाल प्रहरी बिश्वकै उत्कृष्ट अनुसन्धान तहकिकात बिशेषज्ञता हासिल गरेको संगठन हो तर प्रहरीले सबै घटनाको जिम्मेवारी र अनुसन्धान गरेको छ तर देशका नेतृत्वले सही अनुसन्धान गर्न बाधक बनेका छन । जब सम्म अपराध अनुसन्धान गर्न प्रहरी प्रशासनलाई स्वतन्त्र र निष्पक्ष रूपमा दिईदैन र राजनैतिक दबाबबाट मुक्त बनाईदैन तब सम्म यो देशमा कुनैपनि हालतमा कानुनको कार्यान्वयन हुदैन। नेपालमा कानुन नै छैन छ त गरीब दु:खी सामान्य नागरिकलाई कानुन लाग्छ तर ठुलावडालाई कानुन लाग्दैन त्यसैले भनिएको छ “ठुलालाई चयन र सानालाई ऐन” यसको ज्वलन्त उदाहरण हो देशको भ्रष्टाचारको निवारणकालागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ! आयोगले नेतालाई कारवाही गर्न आँट छैन र सकिदैन भन्छ स- साना माछा पक्राउ गरी सार्वजनिक गर्छ। अर्बौको भ्रष्टाचार गर्नेलाई छुनै सक्दैन । यस्तो संवेदनशील बिषयमा समस्त देशभक्त नेपालीहरु ऐक्यबद्धता जाहेर गरी सहकार्य गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्नु पर्छ र देशका प्रबुद्ध पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु भएको छ यस घटनाको बिषयमा छानबिन र अनुसन्धान गर्न मिशन सरकारमा दवाव र घटनाको प्रकृति घटनास्थलको अवश्था, आत्माहत्या हो भे लासको प्रकृति चिउँडो माथि घाँटीको हड्डी क्र्याक, जिउँरो बाहिर , मुत्रद्वारबाट चिल्लो पदार्थ निस्केको, मलद्वारबाट दिसा निस्केको र अन्य शरीरमा चोटपटक नभएको , नगबेली पाँसो र घाँटीमा पासोको डाम र सो डाम हातले छाम्दा दर्हो , मुखमा -याल निस्केको भएमा झुन्डिएर आत्महत्या गरेको प्रमाणित गर्छ। यसका बिपरित देखिएमा कर्तव्य हो भन्ने निश्चित हुन्छ । यसको वारेमा सत्य तथ्य पत्ता लगाउन मिशन नेपाल अभियान कै रूपमा अनुसन्धान गर्ने र सबै प्रारम्भिक अनुसन्धान र अनुसन्धानात्मक बिश्लेषण र रिपोर्ट सार्वजनिक गरी नेपाल सरकारलाई बुझाउन आजै मिशन नेपाल केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्री वो नारायण श्रेष्ठ ज्यूको संयोजकत्वमा टिम गठन गरी कृयाशिल गरिएको र दिवंगत हुनु भएका पत्रकार शालिकराम पुडासैनीमा हार्दिक श्रद्धान्जली अर्पणगर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै संयमता अपनाउन अनुरोध गरेको छ। घटनाको बास्ताबिकता बाहिर ल्याउन आग्रह गरेको छ घटनाको दोषीलाई कारबाही गर्न मिशन नेपाल केन्द्रीय कमिटी काठमाडौंले निर्णय गरेको मिशन नेपालका केन्द्रीय संचार प्रवक्ता श्री बिराज यादबले जानकारी गराउनु भएको छ । यो घटनाको बारेमा जानकारी भएमा जन नागरिकहरूबाट सुचना र सहयोगकालागि अपिल गर्दछ । जय मातृभूमि नेपाल । मिशन नेपाल केन्द्रीय कमिटी काठमाडौं । सम्पर्क न॔ . ९८४१०५३७८१, ९८४५०६२०१४, ९८५१२८१३१५.