२२ साउन, काठमाडौं । जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोस्ने गरी भारतले संविधानको अनुच्छेद ३७० लाई निश्प्रभावी बनाएकोमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतसँग द्वीपक्षीय व्यापारिक सम्बन्ध निलम्बन गर्ने घोषणा गरेको छ । समितिको बैठक प्रधानमन्त्री इमरान खानको नेतृत्वको भएको थियो, जसमा विदेश, रक्षा, गृहमन्त्रीका साथै सेना र खुफिया एजेन्सीका अधिकारी हुन्छन् । यो बैठकमा भारत सरकारको एकतर्फी र गैरकानुनी कारबाही गरेपछि उत्पन्न भएको परिस्थितिबारे चर्चा भएको बैठकपछि जारी व्यक्तव्यमा उल्लेख छ । बैठकले भारतसँग राजनीतिक सीमित गर्ने र द्वीपक्षीय व्यापार निलम्बन गर्ने निर्णय गरेको छ ।